विदेशी बुहारीलाई ७ वर्षपछि नागरिकता दिने नेकपा निर्णय


न्युज अफ नेपाल, काठमाडौं ।
सत्तारुढ दल नेकपाले नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलालाई सात वर्षपछि अंगीकृृत नागरिकता दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार विहान बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले नेपालीसँग विवाह गरेको विदेशी महिलालाई सात वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने निष्कर्श निकालेको हो । त्यतिबेलासम्मका लागि स्थायी आवासयीय प्रमाणपत्र दिने व्यवस्था गर्ने निर्णय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्ता विवाहित महिलाले विहेपछि सात वर्षसम्म सामाजिक, आर्थिक, साँस्कृतिक सम्पूर्ण अधिकार हुने गरी आवासीय परिचयपत्र प्रदान गर्ने प्राव्धान कायमै रहेको उहाँले बताउनुभयो । लामो समयदेखि नागरिकता संशोधन विधेयक संसदमा विचराधिन छ । पटक पटक यसका प्राब्धानहरुमा छलफल भएपनि सहमति भने जुट्न सकिरहेको छैन ।