ललितपुरमा पहिरोले एक घर पुरियो


न्युज अफ नेपाल, ललितपुर ।
केही दिनदेखि परेको अविरत वर्षाका कारण ललितपुरको बागमती गाउँपालिक–५ इकुडोलमा एक घर पहिरोले पुरिएको छ । इकुडोल सानोचिला निवासी केशव तिमल्सिनाको घर बुधबार साझ पहिरोले पुरिएको हो ।

वडा अध्यक्ष साजन दर्लामीले तिमल्सिनाको घर पहिरोले पुरिएको पुष्टि गर्नु भएको छ । ‘केही दिनदेखि परेको पानीले गर्दा पहिरोले एक घर पुरिएको छ । भौतिक क्षती भएपनि मानविय क्षती भने भएको छैन ।’, उहाँले भन्नुभयो ।