कोरोना भाइरसले सबैभन्दा पहिला मानव शरीरको कुन अंगलाई आक्रमण गर्छ ?

0
Shares

भगवती तिमल्सिना, काठमाडौं ।

कल्पना तिमल्सिना अमेरिकाको न्यूयोर्क स्थिति मेथोडिक्स अस्पतालमा ११ कार्यरत हुनुहुन्छ । उहाँले न्यूयोर्कमा रहेर कोरोना संक्रमणका कारण अस्पतालमा भर्ना भएका बिरामीहरुलाई नजिकैबाट नियाल्नुभएको छ । कुरुवा विनाका थुप्रै बिरामीको उपचार र आँखै अगाडि चाहेर पनि कतिलाई बचाउन नसकेका पिडा उहाँ यतिबेला सम्झनै चाहनुहुन्न ।

मानव शरिरमा कस्ता कस्ता व्यक्तिलाई बढी असर पारेको छ भन्ने बारेमा उहाँको अनुभव यस्तो छ :

कल्पना तिमल्सिना

कोरोना भाइरसले एसीई २ रिसेप्टोरको माध्यमबाट सेलहरुलाई आक्रमण गर्छ । एसीई २ रिसेप्टोर धेरै किसीमका सेलहरुको बीचमा भएको प्रोटिन (मुटु, फोक्सो, किड्नी, कलेजो, पेट) हो ।  यीनै कारणले गर्दा अस्पतालमा भर्ना भएका कतिपय बिरामीहरुको किड्नी फेलर हुने हुँदा डायलासिस गर्नुपर्ने, फोक्सोले काम नगर्ने जस्ता  गम्भिर अवस्थाका बिरामीलाई भेन्टिलेटर, हाई फ्लो अक्सिजन, बिप्याप, स्प्यिापमा हाल्नुपर्ने अवस्था देखिएको छ । एसीई २ रिसेप्टोरको मात्र फोक्सोको सेलमा बढी हुन्छ । फोक्सोमा हुने एक प्रकारको सेल (Pneumocytes) हरु (एलवीयोली ) बायुकोष्टिकामा पनि हुन्छ । एलवीयोली अक्सिजन र कार्वनडाईअक्साइड आदानप्रदान हुन्छ । एसीई २ रिसेप्टोर आक्रमण हुँदा मानव शरिरमा ब्लडप्रेसर अनियन्त्रीत हुन्छ । अक्सिजन र कार्वनडाई अक्साइडको आदाद प्रदान भएपछि सुन्निने, दुख्ने, ज्वरो आउने जस्ता साईड ईफेक्ट देखिन्छ । एसीई २ सबै मानीसमा हुन्छ तर कसैमा बढी र कम हुने हुन्छ । उच्च रक्तचाप, मधुमेह, मुटुका रोगीमा भने एसीई २ बढी पाइन्छ ।

एसीई २ को मात्रा र कोरोनाको तिब्रता अझै बुझिएको छैन । तर जब एसीई २ को मात्रा घट्छ तब सम्बेदनशिलता बढ्छ भन्ने मानिन्छ ९एसीई २ घट्दा बढी गम्भिर रुपमा संक्रमीत हुने सम्भावना हुन्छ । अनुसन्धान अनुसार कोभिड १९ बाट मृत्यु हुनेहरुको उमेर ६५ बर्ष देखि माथिका बढी देखिएका छन् । संक्रमित पुरुष र महिला दुबै हुने उत्तिकै सम्भावना भएता पनि संक्रमित हुने पुरुषहरुमा गम्भिरता बढी देखियो ।

महिलाको दाँजोमा पुरुष संक्रमितको मृत्यु दोब्बर देखियो । यसमा पनि पाको उमेरका कोरोना संक्रमित व्यक्तिको मृत्यु बढी देखियो । यो विभिन्न अनुसन्धानबाट आएको रिेपोर्टको अवस्था हो । अनुसन्धान भने निश्चित एरिएका थोरै संख्या र शुरुको अवस्थामा गरिएको पाइन्छ । त्यसैले यसलाई नै पूर्ण रुपमा आधार मान्न भने मिल्दैन ।

आगामी दिनमा कोराना संक्रमित बिरामीहरुको थप अध्ययन अनुसन्धान गरि ठूलो संख्यामा संक्रमितहरुको समस्या पहिचान गरि उपचारको ठोस विधि पत्ता लगाउनु जरुरी हुन्छ । यस्ता खालका अध्ययन अनुसन्धानले विश्वलाई नै नयाँ निकासको बाटो खोलीदिनेछ । कोरोना संक्रमणले यतिबेला विश्वलाईनै तहस नहस बनाएको अवस्था छ । त्यसैले ज्ञान, सीपका माध्यमबाट सामुहिक, व्यक्तिगत, संस्थागत रुपमा नै फरक फरक अध्ययन अनुसन्धानका लागि क्षेत्र फराकिलो बन्दै गएको छ । अनुसन्धान जहाँ जस्ले गरेपनि उपचार विधि पत्ता लाग्नु महत्वपूर्ण पक्ष हुन आउँछ ।