भारत–चीनबिचको झडपमा परी मृत्यु भएका बीस सैनिकको सनाखत


न्युज अफ नेपाल, काठमाडौं ।
भारत–चीनको सैनिक बिच सोमबार राती गलवान भ्यालीमा भएको हिंस्रक झडपमा परी भारतको २० जवानको मृत्यु भएको भारतीय सेनाले जनाएको छ । ती सबै जनाको सनाखत भईसकेको छ । गलवानमा एक कम्पनी र पाँच रेजिमेन्टका सेना खटिएका थिए ।

ती मध्य सबै भन्दा बढी क्षती १६ बिहार रेजिमेन्टको भएको भनिएको छ । जसमा १२ जना सेनाले मृत्यु वरण गरेको सेनाले जनाएको छ । ३ नम्बर पञ्जाव रेजिमेंन्टको ३ जना, ३ नम्बर मीडियम रेजिमेन्टको २ जना, १२ नम्बर बिहार रेजिमेन्टको १ जना, ८१ नम्बर माउन्ट बिग्रे सिग्नल कम्पनीको १ जना र ८१ नम्बर फिल्ड रेजिमेन्टको १ गरी २० जनाको मृत्यु भएको जनाईएको छ । झडपमा मृत्यु भएका सैनिक अधिकारी कर्नल सन्तोष बाबु १६ नम्बर बिहार रेजिमेन्टको भएको खुलाएको छ ।