विद्युतको नयाँ महसुल दर : औद्योगिक र घरायसी प्रयोजनमा राहत

14
Shares

न्युज अफ नेपाल,काठमाडौं।

विद्युत निमयन आयोगले विद्युतको नयाँ शुल्क निर्धारण गरेको छ। यही असार महिना देखि लागू हुनेगरी आयोगले विद्युत महशुलको नयाँ रेट निर्धारण गरेको हो । नयाँ निर्धारण भएको रेटले औद्योगिक र घरायसी प्रायोजनका लागि उपयोग गर्ने उपभोक्ताहरुलाई राहत मिलेको छ ।

आयोगले निर्धारण गरेको दररेटमा घरायसी प्रयोगका लागि सिंगल फेज, थ्री फेज तल्लो र माथिल्लो भोल्टेजका लागि फरक दररेट निर्धारण गरेको बिज्ञप्तिमा जनाइएको छ ।जसमा ५ एम्पियर लाइन लिएर न्यनतम् मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० रुपैयाँ मात्रै डिमान्ड शुल्क तिर्नुपर्नेछ ।

उनीहरुरको केसमा विजुली भने निःशुल्क दिइनेछ । त्यस्तै ५ एम्पियरको सिंगलफेज मिटर जोड्ने ग्राहकले ११ देखि २० युनिटसम्म खपत गर्दा ३० रुपैयाँ शुल्क लाग्नेछ । उसका लागि प्रतियुनिट ३ रुपैयाँ शुल्क तोकिएको छ ।

२१ देखि ३० युनिटसम्म खपत गर्नेले ५० रुपैयाँ इनर्जी शुल्कका साथै ६ रुपैयाँ ५० पैसा प्रतियुनिट विद्युत महसुल हिसाव गर्दा आउने शुल्क तिर्नुपर्नेछ । त्यस्तैगरी ३१ देखि ५० युनिट खपत गर्ने ग्राहकले ५० रुपैयाँ डिमान्ड शुल्कलाग्ने र प्रतियुनिट ८ रुपैयाँ का दरले महशुल तिर्नुपर्ने छ ।

त्यस्तै ५१ देखि १०० युनिटसम्म खपत गर्ने उपभोक्ताले ७५ रुपैयाँ डिमान्ड शुल्क तिर्नुपर्ने र प्रति युनिट ९ रुपैयाँ ५ पैसा प्रतियुनिट महसुल तिर्नुपर्नेछ । १०१ देखि १५० युनिटसम्म विद्युत खपत गर्ने घरेलु ग्राहकहरुले १०० रुपैयाँ डिमान्ड शुल्क र प्रतियुनिट ९ रुपैया ५० पैसा शुल्क तिर्नुपर्नेछ । त्यस्तै १५१ देखि २५० युनिटसम्म खपत गर्ने ग्राहकले १२५ रुपैयाँ डिमान्ड शुल्क तिनुपर्नेछ ।

उसको केसमा १० रुपैयाँ प्रतियुनिट महसुल निर्धारण गरिएको छ । २५१ देखि ४०० युनिटसम्म खपत गर्नेले १५० रुपैयाँ डिमान्ड शुल्क तिर्नुपर्नेछ । उसको केससमा प्रतियुनिट ११ रुपैयाँ महशुल तोकिएको छ । र ४०० युनिटभन्दा माथि विजुली खपत गर्ने घरासयी ग्राहकले १५० रुपैयाँ डिमान्ड शुल्क र प्रतियुनिट १२ रुपैयाँ महसुल तिर्नुपर्ने छ ।

यसैबीच विद्युत निमयन आयोगले औद्योगिक क्षेत्रका लागि डेटिकेटेड र ट्रंक लाइन भन्ने भिन्न भिन्न शुल्क खारेज गरिदिएको छ । केही बर्षअघि मलुकमा लोडसेडिङ हुँदा उद्योगहरुले अतिरिक्त शुल्क तिरेर विद्युत खपत गर्ने गरेका थिए । तर पछिल्लो समय मुलुकमा लोेडसेडिङ हटेपनि उद्योगहरुले अतिरिक्त शुल्क तिर्दै आएका थिए । अब उद्योगीहरु अतिरिक्त शुल्क तिनुपर्ने बाध्यताबाट बचेका छन् ।