ललितपुरको कालेश्वरमा मिनि टाटा दुर्घटना


न्युज अफ नेपाल, काठमाडौं ।
ललितपुरको दक्षिण भेगमा पर्ने माहांकाल गाउपालिकास्थित ४ कालेश्वर माङमुङ भञ्ज्याङ्गमा मिनी टाटा दुर्घटना भएको छ ।

बतासेस्थित बाघ भैरव मावि ल्यावको निर्माण सामाग्री बोकेर गन्तव्यतर्फ गइरहेको गाडी एक्कासी बाटो भासिएर दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनापछि गाडी ५ सय मिटर तल पुगेको कालेश्वर प्रहरी कार्यालयका प्रमुख तथा प्रसनी लक्ष्मण थापाले बताउनुभयो ।

दुर्घटनापछि सहचालक सुवास तिमल्सिना सख्त घाईते भएको थापाले बताउनुभयो ।