प्रधानसेनापति र सशस्त्रका आईजीपी कालापानीमा


न्युज अफ नेपाल, काठमाडौं ।

बुधबार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक (ईजीपी) शैलेन्द्र खनाल बुधबार दार्चुला पुग्नु भएको छ ।उहाँहरु कालापानी नजिकै सेनाले खडा गरेको अस्थायी क्याम्प र सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) को निरीक्षण गर्न उहाँहरु बुधबार पुग्नु भएको हो ।

लिपुलेक पुग्ने सडकको भारतले एकतर्फी रुपमा सडक निर्माण गरी उद्घाटन गरेपछि बैशाख ३१ मा सशस्त्र प्रहरीले छाङरुमा बिओपी खडा गरेको थियो ।

यतिबेला सीमा सुरक्षामा सक्रियता अपनाउँदै सशस्त्र प्रहरी बलले कालापानी क्षेत्रमा नियमित गस्ती गरिरहेको छ । उक्त बिओपीमा सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दको कमाण्डमा २५ प्रहरी खटाइएको छ ।