भारत–पाकिस्तान युद्धका कमाण्डर वर्माको मृत्यु


न्युज अफ नेपाल, दिल्ली ।
भारत–पाकिस्तान युद्धको कमाण्डर राज मोहन वर्माको मृत्यु भएको छ । उनको कोरोना भाइरसको संक्रमणबाट मंगलबार मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।

८८ वर्षका वर्माको अप्रेसनका लागि अस्पताल भर्ना गरिएको थियो । जहाँ वर्मालाई कोरोना भाइरस पोजिटिभ पाईएको थियो ।

रिटायर्ड लेफ्टिनेन्ट जनरल वर्माले सन १९७१ को भारत–पाकिस्तान युद्धको कमाण्डर सम्हालेका थिए ।

त्यसताका उनले साहस देखाएको भन्दै भारत सरकारले उनलाई बीर चक्रले सम्मान समेत सरकारको थियो ।