‘सलमान विषालु सर्पको टाउको’ हाे- अभिनव कश्यप


काठमाडौँ ।
अनुराग कश्यपका भाइ तथा सलमान खानको सुपरहिट फिल्म ‘दबंग’ का निर्देशक अभिनव कश्यपले सुशान्त सिंह राजपूतको आत्महत्याको विस्तृत अनुसन्धान माग गरेका छन् । साथै उनले बलिउडमा आफ्नो कडा अनुभवबारे पनि जानकारी दिएका छन् । उनले यशराज फिल्म्सको ट्यालेन्ट म्यानेजमेन्ट कम्पनीमाथि मानिसहरुको करियर बर्बाद गरेको आरोप लगाए । साथै, सलमान खानको परिवारमाथि पनि गम्भीर आरोप लगाए ।

सुशान्तबारे फेसबुकमा एउटा लामो पोस्टमार्फत उनले लेखेका छन्, ‘म सरकारसँग एक विस्तृत अनुसन्धान सुरु गर्न अपिल गर्दछु । तिम्रो आत्माले शान्ति पाओस् सुशान्त सिंह राजपूत… ओम शान्ति… तर तिम्रो लडाईं जारी रहनेछ…।’

‘सुशान्त सिंह राजपूतको आत्महत्याले एउटा ठूलो समस्या उजागर गरेको छ, यसको सामना हामीमध्ये धेरैले गरिरहेका छौं । एक व्यक्ति आत्महत्या गर्न कसरी बाध्य हुन्छ रु मलाई डर छ कि उनको मृत्यु मीटू आन्दोलनजस्तो एउटा ठूलो हिमखण्डको एउटा सानो हिस्सा हो जसले बलिउडलाई अत्यधिक तनावमा पारेको थियो ।’ उनले लेखेका छन ।
त्यस्तै ‘पछिल्लो १० वर्षमा आफना दुश्मन सलिम खान, सलमान खान, अरबाज खान र सोहेल खानरहेको बताए । यहाँ थुप्रै साना माछा पनि छन् तर सलमान खानको परिवार विषालु सर्पको टाउको हो । कसैलाई डर धम्की दिन उनीहरु अवैध धन, राजनीतिक शक्ति र अन्डरवर्ल्ड सम्बन्धको मिश्रणको प्रयोग निकै चतुर्याइँका साथ गर्छन् ।’

अन्तिममा उनले आफ्नो मेसेजलाई धेरैभन्दा धेरै मानिसहरुमाझ सेयर गर्न र यसलाई फरवर्ड गर्न अपिल पनि गरे ।