ललितपुरको लेलेमा पनि देखिन थाल्यो फौजी किरा


न्युज अफ नेपाल, ललितपुर ।
जिल्लाको विभिन्न भेगका देखिन थालेको अमेरिकन फौजी किरा लेलेमा पनि देखिन थालको छ । बालीका लागि हानीकारक मानिने फौजी किराको लेलेका किसानको बाली नष्ट गरिरहेको छ ।

लेलेबासीको मकै लगायत बालीमा फौजी किराले आक्रमण थालेपछि किसान चिन्तित बनेको स्थानीय कृशला नगरकोटीले बताउनुभयो । यस अघि जिल्लाको दक्षिण भेगहरुमा यो किराले बालीमा आक्रमण गरिएको थियो ।

औषधीको प्रयोगले प्रकोपको नियन्त्रण गर्न सकिने जानकारहरु बताउँछन् । अमेरिकन फौजी किरा बालीका लागि निकै हानिकारक मानिन्छ ।

किराको लार्भाले बालीमा क्षति पु¥याई प्रकोप निम्त्याउँछ । लार्भा धेरै खन्चुवा हुने स्वभागले गर्दा मकैको पात, गुभो, जुँगा र घोगा समेत खाएर सखापै पारिदिन्छ ।