उत्तर कोरियाली महिला सेनाको कथा


विविसि वल्र्ड सर्भिस

– मेघा मोहन –

  •  विश्वको सबैभन्दा बढि सेनाभएको चौंथो मुलुक उत्तर कोरियाका एकपुर्व सैनिकले त्यहाँ कार्यरत महिला सैनिकको वलात्कार हुनु र मासिक श्राव रोकिनु भनेको सामान्य घटना भएको बताएकी छिन् । लि सो यियोन नामक ति पूर्व महिला सैनिक दस वर्ष सम्म एउटा बंकरको कोठामा सुतेकी थिइन् ।
  • उनका साथमा अन्य दुइ दर्जन भन्दा महिला थिए । प्रत्येकलाई एउटा सानो दराज दिइएको थियो । तिनीहरु त्यसमा आफ्नो पोशाक राख्थे । ति दराजका माथि प्रत्येकले दुइृवटा फ्ेमममा सजिएका तस्वीर राखेका थिए । एउटा तस्वीर उत्तर कोरियाका संस्थापक किम इल सुंग र अर्को उनका निधन भइसकेका उत्तराधिकारी किम जों इलका हुन् । उले सो ब्यारेक छोडेको एक दशक भन्दा लामो भइसक्यो ।
  • तर अझै उनको स्मृतिमा त्यहाँका हरेक दृश्य र गन्ध ताजा नै छन् । उनी भन्छिन् , ‘ हामी सुत्ने म्याट्रेस परालकाे भएकाले हाम्रौ शरिरबाट निस्केको पसिना त्यसमा बग्थ्यो । त्यसबाट नमिठो गन्थ निस्कन्थ्यो । सरसफाईको अवस्था खतम थियो । हामीले राम्ररी नुहाउन समेत पाउँदैनौं थियौं । किनभने त्यहाँ तातो पानीको व्यवस्था थिएन। पाइपबाट खोल्सोको पानी सिधै ल्याउने व्यवस्था पनि थिएन । किनकी पाइपबाट जिउँदै भ्यागुता र सर्प आउने संभावना धेरै थियो । विश्वविद्यालयका प्राध्यापककी छोरी सो यियोन अहिले ४१ वर्ष पुगिसकेकी छन् । उनी गाउँमा हुर्केकी हुन् ।
  • उनको परिवारका अधिकांश पुरुष सदस्य सेनामा छन् । नब्बेको दशकमा उत्तरी कोरिया नराम्ररी खडेरीग्रस्त हुँदा दुई छाकको ग्यारेन्टि हुने आशामा उनी सेनामा स्वयमसेविका बनेकी थिइन् । त्यतिवेला अन्य हजारौं युवतीले पनि उनले जस्तै निर्णय गरेका थिए । ‘ उत्तरी कोरिकोको लुकेको क्रान्ति ’ नामक पुरुसतकका लेखक जिउन बायक भन्छन् , ‘ खडेरीको कारण खाद्यान्नको अत्यन्तै अभाव भएके समय थुप्रै महिलाले जवर्जस्ती श्रम गर्न र यौन हिंसा र दुव्र्यवहार जस्ता कुरा सहन बाध्य भएक थिए । ’
  • वास्तवमा प्रयाशः अन्तर्राष्ट्रिय संचार माध्यमले पैसा दिएर भएपनि उत्तर कोरिया विरुद्ध प्रपोगान्डाका लागि चाहिने नचाहिने कुरा बोल्न लगाउने गर्छन् । तर लिलाई विविसिले पैसा दिएको छैन । राष्ट्रभक्तिको भावनाले आतेपेत भएर सेनामा प्वेश गरेकी १७ वर्षिया उनले त्यहाा रमाइलो पनि गरिन् ।
  • उनी त्यहाँ रहेको एउटा हेयरड्राइर प्रति निकै आकर्षित भएक्ी थिइन् । तर प्रायशः बिदुत आपुर्ति नहुने हुँदा उनले त्यसको धेरै प्रयोग गर्न पाइनन् । महिला तथा पुरुष दुवैका लागि दैनिक काम समानै हुन्थे । तर महिलाहरुका लागि शारिरीक तलिम अलि कम हुन्थयो । यसको बदलामा महिलाहरुले सरसफाई र खाना पकाउने जस्ता काममा धेरै समय दिनु पथ्र्यो । उत्तर कोरिया परम्परागत पुरुष प्धान समाज भएको मुलुक हो । त्यसैले त्यहाँ महिलाहरुलाई भान्छाकोेठा भित्रै सिमित रहुपर्ने उखानै छ ।
  • उनी विगत सम्झँदै भन्छिन्- ‘सेनामा छ महिना देखि एक वर्ष सम्म सेवा गर्दा कुपोषण र त्यहााको विषम वातावरणका कारण हाम्रो महिनावारी नै रोकिन्थ्यो । त्यहि प्योग भइसकेको स्यानिटरी प्याड फेरी फेरी प्रयोग गरिनुपने अवस्थाले पनि रजश्वला नभएकै राम्रो मान्थ्यौं हामी । सेतो कपडाको टालोको रुपमा रहेको सो प्याडको रगत धुन पनि हामी पुरुषहरुले नदेखोस् भनेर बिहान सवरै उठ्नु पथ्र्यो ।
    कडा शारिरीक तालिम लिनेहरुको त दुईवर्ष सम्म पनि रजश्वला रोकिन्थयो । केहि समय पछि सरकारले गुणस्तरिय स्यानिटरी प्याड वितरण गर्ने घोषण ग¥यो । ’

सन् २०१५ मा सरकारलले अठार वर्ष उमेर पुगेका सम्पूर्ण महिलाले अनिवार्य रुपमा सात वर्ष लामो सैनिक तालिम लिनुपर्ने घोषण गरेकाले लि सेनामा गएकी थिइन् । अहिले अनिवार्य सैनिक सेवा घटाएर दुई वर्षमा झारिएपछि महिलाको सहभागिता अझै बढ्ने अनुमान गरिएको छ । उत्तर कोरियाली सरकारले कूल वार्षिक बजेटको १५ प्रतिशत रकम सेनामा खर्च हुने गरेको बताएपनि विशेषज्ञ तथा रक्षा विश्लेषकहरुले ४० प्रतिशत खर्चिने गरेको दावी गर्छन् । सेनामा रहँदा वलात्कार हुने गरिएको थियो कि भन्ने प्रश्नको जवाफमा लि लगायत सबैले आफुमाथि नभएके तर अरुमाथि भएके हुनसक्ने बताएक छन् ।

साथै ग्रामिण क्षेत्रका व्यारेकहरुमा शौचालयको व्यवस्था नहुनाले महलाहरु पुरुषका अगाडि न ैदिसा पिसाब गर्न बाध्य हुने गरेको बताइएको छ । सिग्नल युनिटमा सार्जेन्ट पदमा काम गरेकी लि २८ वर्षको उमेरमा ब्यारेकबाट निस्किन् । तर ब्यारेक बाहिरको जीवन यापनका लागि उनले ठूलै आर्थिक संघर्ष गर्नुप¥यो । त्यसैले सन् २००८ मा उनले भागेर दक्षिण कोरिया पुग्ने निधो गरिन् ।

पहिलो प्रयासमा उनलाई चीनको सिमा क्षेत्रमा पक्राउ गरी एकवर्ष लामो कैद सुनाइयो । कारगारबाट छुटेको केहि समयपछ नै उनले दोश्रो प्रयास गरिन् । यसपालि उनी तुमेन नदी पौडेर चीन प्रवेश गर्न सफल भइन् । अन्तत एकजना दलालको सहयोगमा उनी दक्षिण कोरिया पुगिन् ।