लद्धाख क्षतिबारे चीन माैन


बेइजिंग,(एजेन्सी) ।

चीन र भारतबिच विवादास्पद हिमाली क्षेत्र काश्मिरको लद्धाखमा चर्केकोे तनावमा २० जना भारतिय सेनाको ज्यान गएको छ भने भारतले चिनियाँ पक्षमा पनि मानविय क्षति भएको दावी गरेको छ । तर चीनले भने आफ्ना कति जना मारिए वा घाइते भए भन्नेबारेमा मुख खोलेको छैन ।

यस भिडन्तमा कुन गोली नचलेको बरु ढुँगामुढा र लठ्ठी प्रहार भएको बताइएको छ । भारतले घाइते भएका अफ्ना सेना उच्च हिमालको प्रतिकूल चिसो मौसमको पनि शिकार हुुनपरेको जनाएको छ । कम्तिमा ४५ वर्ष पछि पहिलो पटक यस क्षेत्रमा चीन र भारतबिच भिडन्त भएको हो ।

यस घटनामा गोली नचलेको दुवै पक्षले पुष्टि गरेका छन् । भारतले सोमवार राति भएका घटनामा एक कर्णेल र दुई जवान सहित तीनजना मारिएको जनाएको थियो । पछि गम्भीर घाइते भएको अन्य १७ जनाको ज्यान गएपछि मृतकको संख्या २० पुगेको बताइएको थियो ।

यस घटनाका लागि सरकारी स्तरमै एकले अर्कालाई दोषारोपण गरिरहेका छन् ।