बार्यन म्युनिख लगातार आठौंपटक बुन्डेसलिगा च्याम्पियन


न्युज अफ नेपाल, काठमाडाैँ ।

जर्मन क्लब बार्यन म्युनिख लगातार आठौंपटक बुन्डेसलिगा च्याम्पियन बन्न सफल भएको छ ।

बुधबार बिहान बार्यनले लिगको १९औं स्थानको वेर्डर ब्रेमेनलाई पराजित गरेपछि यस सिजन २०१९/२० को च्याम्पियन बन्नुका साथै लगातार आठौंपटक बुन्डेसलिगा विजेता बनेको हो । वेर्डरलाई उसैको मैदानमा १-० ले पराजित गरेपछि बार्यनलाई यस्तो सफलता मिलेको छ । बार्यनले पछिल्ला आठ सिजन लगातार उपाधि जित्न सफल भएको छ ।

जितपछि बार्यनले ३२ खेलबाट ७६ अंक जोड्दै उपाधि जित्न सफल भयो । लिगका अन्तिम २ खेल बाँकी छँदै बायर्नले ३१ म्याच खेलेको दोस्रो स्थानको बोरुसिया डर्टमन्डलाई १० अंकले पछि पारेकाले डर्टमन्डले अन्तिम तीन खेल बाँकी छँदै बार्यन च्याम्पियन बनेको हो ।

बार्यनलाई साँघुरो गोलअन्तरको जित दिलाउने क्रममा स्टार फरवार्ड रोवर्ट लेवान्डोस्की नायक बने । उनले खेलको ४३औं मिनेटमा बोटेङको पासमा गरेको एक मात्र गोल जितका लागि पर्याप्त बन्यो ।

खेलको ७९औं मिनेटमा बार्यनका खेलाडी अल्फोसन डेभिसले दोहोरो पहेंलो कार्ड ब्यहोर्दै मैदान छाडेपछि बार्यन १० खेलाडीमा सिमित भएको थियो । तर, बाँकी समयमा घरेलु टोलीले गोल फर्काउन नसकेपछि बार्यनले जित सुनिश्चित गर्‍यो ।

बार्यन बुन्डेसलिगा इतिहासमा सबैभन्दा धेरैपटक लगातार आठौं पटक उपाधि जित्ने टोली हो । बायर्नले सिजन २०१२/१३ देखि लगातार घरेलु लिगमा एकछत्र राज गर्दै आइरहेको छ ।