कालिखोलामा पहिरोः नारायणगढ–मुग्लिन सडकमा आवतजावत ठप्प


न्युज अफ नेपाल, चितवन ।

नारायणगढ–मुग्लिन सडक खण्डको कालिखोलामा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ ।

आज बिहान सवा चार बजेतिर सो सडक खण्डको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा पहिरो जाँदा बिहानैदेखि आवतजावत ठप्प भएको प्रहरीले जनाएको छ ।

गएरातिदेखि लगातार वर्षा भएपछि गएकाे पहिरोले सडकमा लगाइएको तार जाली बगाएको छ । पहिरोले ठूलो भएकोले हटाउन समय लाग्ने बताइएको छ ।