मोदीको सरकारी निवासमा आपतकालीन बैठक जारी

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

भारत चीन सीमा क्षेत्र लद्धाखको गल्वान भ्यालीमा भारतीय र चीनियाँ सैनिकबीचको भिडन्तमा २० भारतीय सैनिकको मृत्यु भएपछि भारतीय प्रधानमन्त्री आपतकालीन छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री मोदीको नयाँ दिल्लीस्थित सिरकारी निवासमा अहिले आपतकालीन बैठक बसिरहेको छ । रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री एस जयशंकर र चीफ अफ डीफेन्स स्टाफ सहित सेनाध्यक्ष सहित उच्च सुरक्षा अधिकारीहरुसँग वैठक समेत गरेका छन्।

उक्त घटनालाई लिएर प्रधानमन्त्री मोदी अत्यन्तै चिन्तित रहेको बुझिएको छ । भारततमा चीनबिरुद्ध कडाकदम चाल्नुपर्ने आवाज उठिरहको छ । सोमबार भारत चीनबीच भएको भिडन्तमा २० भारतीय सैनिकको मृत्यु भएको छ भने चिनियाँ सैनिक पक्षतर्फ पनि ४३ जना सैनिक घाईते रहेको बताईएको छ ।