भारतद्वारा नेपाललाई आरोपः गौरीफान्तमा भारतीय स्तम्भहरू नेपालले गायव गर्याे


काठमाडौँ ।

नेपाल–भारत सीमाको गौरीफान्तमा धेरै भारतीय स्तम्भहरू गायव गरेको भारतले नेपाललाई आरोप लगाएको छ।

३९बी बटालियनका एसएसबी कमाण्डेंट मुन्ना सिंहले लखीमपुर खेरी जिल्लाका डीएम शैलेन्द्रकुमार सिंहलाई पत्र लेख्दै सो भनेका हुन । पत्रमा भनिएको छ– ‘भारत–नेपाल सीमामा धेरै भारतीय स्तम्भहरू हराइरहेको छ।’

सीमा विवादमा भारत र नेपालबीचको तनावलाई ध्यानमा राख्दै, भारतको लखीमपुर खेरी जिल्लाको गौरीफन्त इलाका क्षेत्रको नेपाल सीमामा सुरक्षा बृद्धि गरिएको छ। यससँगै, एसएसबीले भारत नेपाल सीमामा भारतीय स्तम्भहरूको सुरक्षा पनि बढाएको बताइएको छ।

भारत र नेपाल बीच नेपालको कैलाली र कञ्चनपुर जिल्लामा गरी करिब १२० किलोमिटर खुला सिमानामा छ। यस सीमा नाकाका मानिसहरू नेपाल र भारत सिधै आउँने जाने गर्छन्।
-आजतक