भारतीय सेनाबाट उत्तेजना फैलाउने काम नगरः चीन

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

चीनले भारतीय सेनाका एक अधिकृत सहित दुई जनाको मृत्यु भएको घटनामा प्रतिक्रिया जनाएको छ । चिनियाँ विदेश मन्त्रालयले भारतीय सैनिकहरुले सोमबार दुई पटक सीमा रेखा पारेर गरेर चीनतर्फ आएका कारण झड्प भएको जनाएको छ ।

विदेश मन्त्रालयले भारतीय सैनिकबाट चिनियां सैनिकहरु माथि आक्रमण तथा उत्तेजना गर्ने काम भएपछि दुवै देशका फौंजवीच सीमा क्षेत्रमा भौतिक आक्रमण भएको जनाएको छ ।विदेशमन्त्री वांग यीले गलवान घांटीमा भएको झड्पको घटनामा भारतसंग वार्ताको माध्यमवाट निकास खोजिने बताउनुभयो । पूर्वी लद्दाखको गलवान क्षेत्रमा भएको झड्पमा परी तीन जनाको मृत्यु भएपछि दुवै देशका सैनिक कमाण्डरहरुको वैठक जारी छ ।

सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा भएको झड्पमा भारतिय सेनाको ज्यान गएको हो । घटनालगत्तै रक्षामन्त्री राजनाथ सिंहले सीडीएस बिपिन रावतसंग छलफल गर्नुभयो । वैठकमा जल,थल र वायु सेनाका प्रमुखका साथै विदेशमन्त्री एस. जयशंकर समेत उपस्थिति रहेको छ ।

केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको भारतीय पक्षको भनाइ छ । भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ । तर धेरैपछि सैनिकको मृत्यु हुनेगरी संघर्ष भएको हो।चीनले भारतलाई तनाव बढ्ने गरी कुनै काम नगर्न आह्वान गरेको समाचार संस्था रोएटर्सले जनाएको छ ।

भारत र चीनबीच सन् १९६२ मा युद्ध भएको थियो । त्यसमा भारत नराम्ररी पराजित भएको थियो। चीनले आफ्नो ३८,००० वर्ग किलोमिटर क्षेत्र ओगटेको भारतको आरोप छ ।सीमाबारे दुई पक्षले तीन दशकमा पटकपटक वार्ता गरेका भए पनि कुनै समाधान फेला पारेका छैनन् ।गत मे महिनामा दुई देशका सेनाबीच सिक्किमको सीमामा हात हालाहाल भएको थियो।