ब्रेकिङ : डिल्लीबाजार मालपोतका प्रशासकीय अधिकृत ८ लाख घुससहित पक्राउ

0
Shares

न्युज अफ नेपाल,काठमाडौं।

मालपोत कार्यालय डिल्लीबजारका प्रशासकीय अधिकृत रघु कँडेलसहित पाँच जनालाई ८ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ  ।

गोंगबुको ३ रोपनी जग्गा कित्ताकाटका लागि प्रति आना २ लाखका दरले घुस मागेकामा ८ लाख २० हजारमा सहमती भई घुस लिँदै गर्दा अख्तियारको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको हो । मंगलबार राती पक्राउ परेका उनीहरु प्रशासकिय अधिकृत कँडेलसहित ५ जनाबिरुद्ध थप अनुसन्धान भईरहेको छ ।