अपडेट : सिद्धबाबा दुर्घटनामा घाईते ६ जनाकै उद्धार,२ जनाको अवस्था गम्भीर

0
Shares

  • यमलाल भुषाल,बुटवल ।

पाल्पाबाट बुटवल आउँदै गरेको हाइलेक्स गाडी सिद्धबाबामा दुर्घटनामा परेको छ । अपरान्ह साढे ४ बजेतिर भएको दुर्घटनामा परी घाइते भएका ६ जनाको उद्दार गरेर उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पताल ल्याइएको छ ।

घाइते भएका ६ मध्ये २ को अवस्था गम्भीर रहेको बताइएको छ । घाइते हुनेहरुमा दया पाण्डे, नन्दु बस्याल, विनोद बस्याल, बालकृष्ण बस्याल, शिव पाण्डे र कृष्ण बस्याल रहेका छन् ।

प्रदेश ०३०१ २२ च ४५२२ नम्बरको डबल क्याब हाइलेक्स गाडी सडकबाट तल नदीमा खसेको थियो । गाडीमा पाल्पा तिनाउ गाउँपालिकाका स्थानीय रहेको बताइएको छ ।