जहाज भाडा तिर्न नसक्नेलाई निशुल्क स्वदेश ल्याऊः सर्बाेच्च


विकास भट्टराई, काठमाडौं ।

रकम तिर्न नसकि स्वदेश फर्कन नसकेका नेपालीहरुलाई निःशुल्क नेपाल फर्काउन सर्बाेच्च अदालतले सरकारलाई आदेश दिएको छ ।
न्यायाधिशहरु डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाल सहितको इजलाशले सो आदेश दिएको हो ।

सरकारले ठूलो धनराशी तिरी नेपाल फर्कन चाहनेलाई जहाज चाटर्ड गरी विभिन्न मुलुकमा पठाउने तयारी गरेको थियो । रकम तिर्न नसकी विदेशमा अलपत्र परेका नेपालीहरुलाई निशुल्क रुपमा स्वदेश फर्काउन माग गर्दै अधिवक्ता सोमप्रसाद लुईटेलले रिट निवेदन दायर गर्नु भएको थियो ।