वर्षातमा सुरक्षित तरिकाले यसरी सवारी चलाउनूहोस


न्युज अफ नेपाल, काठमाडौं ।
वर्षातको समयमा बाक्लो कुहिरो सहित झमझम पानी परिरहने हुन्छ । यो बेला केही परको बस्तु पनि पहिचान गर्न मुस्किल पर्दछ । झनै बाटोमा सवारी गुडाउनेलाई यो बेला निकै अप्ठेरो पर्ने गर्दछ ।

सवारी गुडाउँदा सफा मौसमको आवश्यकता पर्दछ तर वर्षातको समयमा यस्तो कल्पना गर्नु कोरा मात्रै हुने गर्दछ । यस्तो अबस्थामा सवारी गुुडाउँदा दुर्घटना निम्तिन पनि सक्छ । तर केही सावधानी अपनाएको खण्डमा दुर्घटनालाई कम गराउन सकिन्छ ।

सवारी साधन चलाउनु अघि वाइपर र हेडलाईटको जाँच अनिवार्य रुपमा गर्नु पर्दछ । भिजिबल कम भएको खण्डमा हेडलाईटको प्रयोग गर्नु पर्छ । जसले गर्दा सवारी चलाउन सहज हुने गर्दछ ।

अर्काे उपाय भनेको सवारीको गति कम गर्नु हो । पानीले भिजेको सडकमा ब्रेक कम लाग्न सक्छ र सवारी साधन अनियन्त्रित हुन सक्छ । जसले गर्दा अप्रिय घटना हुन सक्छ ।

त्यस्तै सामुन्नेको सवारी साधन र आफ्नो सवारी साधनबीचको दुरी सामान्य अबस्थाभन्दा बढी राख्नुपर्छ । सडकबाट ध्यान मोडिने कार्य नगर्नुहोस्, सवारी चलाउँदा मोबाईल फोन वा ट्याबलेटको प्रयोग गर्नुहुँदैन ।