विना दर्शक खेल


म्युनिख, (एजेन्सी) ।

विश्वमा कोरोनाभाइरसको कारण खेल जगतमै नोक्सानै नोक्सान भएको छ । त्यसो त १६ मेमा जर्मन बुन्डेसलिगामा ६ खेल भएका थिए ।

विना दर्शक खेलिएका यी खेलमा खेलाडी र ग्राउन्ड स्टाफसमेत कूल २ सय १३ व्यक्तिलाई रंगशालामा प्रवेशको अनुमति थियो । फुटबल जगतका प्रमुख युरोपेली लिग मध्ये एक जर्मन बुन्डेसलिगा कोरोनापछि शुरु भएको लिग हो ।

यसपछि स्पेनी फुटबलको ला लिगा पनि यही सूचीमा जोडिएको छ । अर्को साता इटालियन र इंग्लिस लिग पनि शुरु हुने भएका छन । इटालीमा इटालिया कप शुरु भइसकेको छ ।

यी चार प्रमुख लिगमा दर्शक विना नै खेलिन्छन् । तर यसमा एउटा प्रश्न तेर्सिएको छ दर्शक विना खेलेर के फाइदा हुन्छ ? यसको जवाफ यो हो कि खेल जगतको आम्दानीको एक भागीदारी रंगशालामा आउने दर्शक मात्रै होइन, प्रसारण र खेलसँग जोडिएकाहरुकालागि कारोबारबाट पनि आम्दानी हुन्छ ।

यसै कारणले पनि विश्वभरिका देशले अब विना दर्शककै खेललाई निरन्तरता दिन चाहेका छन् । कोरोनाको कारण डगमगाएको अर्थ व्यवस्था र व्यक्तिको रोजगारीलाई यस्तै खेलले केही हदसम्म सहारा दिन सक्ने छ ।

यसको बावजुद यस वर्ष खेल जगतले धेरै नै नोक्सान हुन सक्छ । स्पोर्टस् भ्याल्युको एक रिपोर्ट अनुसार खेल जगतलाई यस वर्ष कोभिड १९ बाट करिब १ लाख ९४ हजार करोड नेपाली रुपियाँको नोक्सान उठाउनु पर्ने हुन्छ ।

ईएसपीएनको एक रिपोर्ट अनुसार अमेरिकामा मात्रै पनि १४ हजार ४ सय करोड रुपियाँ भन्दा बढी नोक्सान हुनेछ ।

ओलम्पिक गेम्सको मिति सारिदा आयोजक जापानलाई ९० हजार करोड रुपियाँको नोक्सानी उठाउनु परेको छ । २०१३ देखि २०१६ बीच ओलम्पिकको कूल बजार आम्दानी ७.दशमलव ७ अर्ब अमेरिकी डलर थियो ।

यस वर्ष यसको ब्रान्ड भ्यालु करिब १२ दशमलव ६ अबै अमेरिकी डलर रह्यो । तर कोरोनाका कारण ओलम्पिक अर्को वर्ष सम्मको लागि स्थगित भएको छ । यसले जापानलाई निकै ठूलो रकमको नोक्सानी भएको छ ।

जापानको एक न्युज एजेन्सीको अनुसार ओलम्पिक खेलकुद नहुँदा आयोजकलाई ३२ करोड अतिरिक्त रकम खर्च उठाउनु पर्ने सक्छ । यो नोक्सानको भर्पाईका लागि अर्को वर्ष हुने ओलम्पिकको खर्चमा कटौती गर्ने योजना अहिलेदेखि नै शुरु भएको छ । स्वयम ओलम्पिक आयोजना समितिका अध्यक्ष योशीरो मोरीले यस कुरालाई पुष्टि गरिसकेका छन् ।