डोटीमा मिनिट्रक दुर्घटना, दुई जनाको ज्यान गयो

0
Shares

  • विमल विष्ट,डोटी

डोटीको बडिकेदार गाउँपालिकामा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार गाउँपालिको वडा नं. ३ सुनालेकमा से १ ख १२६२ नम्बरको मिनिट्रक दुर्घटना हुँदा ४० वर्षीय डबल पुनमगर र उहाँका १३ वर्षीय छोरा धिरज पुनमगरको ज्यान गएको हो ।

ज्यान गुमाउनेहरु बुवा छोराको भएको खुलेको प्रहरीले जनाएको छ । मिनिट्रक चालक श्यामलाल चौधरी भने फरार रहेको र उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बिपिनगरले जनाएको छ ।

डोटीकै घागलबाट धनगढी जादै गरेको उक्त मिनिट्रक आज सोमबार साँझ सुनालेक नजिक दुर्घटना भएको हो । पानी परेर बाटो चिप्लो भएका कारण गाडी दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । दुर्घटना भएको ट्रक सडकबाट कम्तिमा पनि १०० मिटर तल खानेलामा खसेको इलाका प्रहरी कार्यालय बिपिनगरका प्रमुख लालबहादुर ऐरले जानकारी दिनुभयो ।