काठमाडौं उपत्यकामा ५ जनामा देखियो कोरोना

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

बितेको २४ घण्टामा काठमाडौँ र ललितपुर गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमध्ये काठमाडौंका दुई पुरुष र दुई महिला र ललितपुरकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनीहरु कुन ठाउँका हुन् भन्ने बारे मन्त्रालयले कुनै विवरण खुलाएको छैन ।