चुरेकै ढुंगा झिक्न अनुमति,टिपरमा धमाधम निकासी, लापरबाही कस्को ?

0
Shares

  • सलिम अन्सारी, प्युठान

प्युठानको सरुमारानी गाउँपालिकाको वडा नम्बर २ ददेरी स्थित राप्ती नदिबाट खोलाजन्य बस्तु निकासी गरेको भन्दै स्थानियले विरोध जनाएका छन् । चुरे क्षेत्र अन्तर्गत पर्ने नदिबाट ढुङ्गा गिट्टि उत्खनन् गरी डम्पीङ गर्ने नाममा जिल्ला बाहिर निकासी गरीएको भन्दै स्थानियले विरोध जनाएका हुन् ।

‘स्थानिय गोबिन्द आचार्यले खुल्मखुल्ला गिटि बालुवा जिल्ला बाहिर पठाउँदा पनि सरोकारवालाले रोक्ने प्रयास नगरेकोमा असन्तुष्टि जनाए।‘ अनुगमन गर्न कोही आएका छैन्न,’ उनले भने, ‘कति घनमिटर उत्खनन् गर्न पाउने हो। अनि कुन कुन ठाउँमा खन्न पाउने हो। त्यसो कसैले आएर हेरेका छैनन्।’ उनले भने,’। डम्पिङको नाममा नदिजन्य बस्तु उत्खनन् क्षेत्रबाटै सिधै जिल्ला बाहिर गयो’।

अमानतको फाइदा उठाउँदै नदीजन्य पदार्थ निकालेर दिनदहाडै दशचक्के टिपरमा बाहिर जिल्ला पठाउँदा पनि गाउँपालिकाले कुनै चासो नदिएको र मौन स्विकृति जनाएको स्थानियको आरोप छ । उनिहरुले यस्को छानबिन गरि कारबाही हुनुपर्ने माग समेत गरेका छन।

यसैबिच, स्थानियको बिरोध पश्चात् गाउपालिकाले शनिबार सो क्षेत्रको स्थलगत अनुगमन समेत गरेको छ। प्राबिधिक केशव दर्लामिले अनुगमनको क्रममा १ हजार १ सय ९२ घनमिटर ढुंगागिट्टि निकासी गरेको पाईएको बताए।

उत्खनन् गरिएको २ हजार दुई सय ९२ घनमिटर मध्ये डम्पिङ क्षेत्रमा जम्मा एक हजार एक सय घनमिटर नदिजन्य पदार्थ मात्र भेटिएको दर्लामिको भनाई छ। गाउँपालिकाले अमानतकर्तालाई ५ हजार ९१० घनमिटर बराबर ढुंगागिट्टि उत्खनन् एवं डम्पिङ गर्ने अनुमती दिएको समेत उनले बताए ।

आन्तरिक प्रयोजनका लागि भन्दै सरुमारानी गाउपालिकाले अमानतमा खोलाबाट ढुंगा गिट्टि निकालेर डम्पिङ गरेको हो । राष्ट्रपति चुरे संरक्षण समितीको निर्णय अनुसार कार्यपालिका बैठकबाट निर्णय गरी गाउँपालिकाले चुरे क्षेत्रको ढुंगा गिट्टि उत्खनन् र डम्पिङ गर्न अनुमती दिएको हो ।

गाउपालिकाले आम्दानी रसिद पनि व्यक्तिकै जिम्मामा लगाएको छ। गाउँपालिकाले संकलित राजस्वको २५ प्रतिशत उनिहरुलाई दिने गरी कामको जिम्मा ब्याक्तिलाई दिएको हो ।

सरुमारानी ४ का भरत एमसी र वडा नवर २ का स्थानिय तुलसिराम पोख्रेल (बिपिन)लाई राजस्व उठाउने जिम्मा दिइएको हो । ‘हामीले यही २५ प्रतिशतभित्र ६ जनाले बाँडीचुँडी खाने हो,’ अमानत लिएका पोख्रेलले भने, ‘गाउपालिकाले हामीलाई जिम्मा दिएपछी काम थालेका हौ ।’‘एक टिपर पनि बाहिर जिल्ला पठाएका छैनौ।’ पोखरेलले भने,’ मलाई फसाउन विभिन्न तत्व लागे।’ यहि २९ गतेबाट ३१ गतेसम्म उत्खनन् र डम्पिङको काम गरेको उनको भनाई छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमर घर्तिले गाउँपालिका भित्रका विकास निर्माणका आयोजनाहरुमा प्रयोग गर्ने गरी अमानतमा खोलाजन्य बस्तुको प्रयोग गर्ने निर्णय गरेको बताए । ‘स्थानिय रुपमै खपत गर्न ढुङ्गा गिट्टिका लागि डम्पिङ गर्न अमानत दिएका हौँ।”उनले भने,’ तर, ‘जिल्ला बाहिर निकासी गर्ने निर्णय भएको होईन।उनले गत फागुन ३० गते अमानतकर्तासंग संझौता गरि जेठ मसान्त सम्मका लागि कामको जिम्मा दिइएको उनले बताए।

भिडियो…