घनश्याम बगाले, नवलपरासी ।
पश्चिम नवलपरासी प्रहरीले सोमबार सिमाक्षेत्रका विभिन्न स्थानबाट कपडा र हार्डवेयरका सामान बरामद गरेको छ ।
सिमा चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले गस्तीका क्रममा भारतबाट भन्सार छलेर ल्याउदै गरेको १ लाख ५० हजार ८ सय बराबरको कूर्तासलवार सरावल ७ बुलन्दपुरबाट बरामद गरेको हो ।
यसरी नै महेशपुर प्रहरी चौकीकै गस्ती टोलीले पाल्हिनन्दन २ गोपालपुरबाट १ लाख ३३ हजार २ सय ८४ रुपैयां बरावरको हार्डवेयर सामान बरामद गरेको जिप्रका पश्चिम नवलपरासीले जनाएको छ ।
बरामद सामानहरु आवश्यक कार्यबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाएको जिप्रका नवलपरासी पश्चिमका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु लामाले बताउनु भयो ।











प्रतिक्रिया