दुई देशबिचको सम्बन्ध कसैले भत्काउन सकिँदैनः भारतीय रक्षामन्त्री


न्युज अफ नेपाल, देहरादून ।

भारतीय रक्षामन्त्री राजनाथ सिंह यहाँको एक ¥यालीमा भाग लिएका थिए । आज सोमबार भएको वर्चुअल (अनलाईन) ¥यालीलाई सम्बोधन गर्दै उनले लिपुलेकमा सडक उदघाटनको विषयमा नेपालले बुझेको गलत बुझाईलाई वार्तामार्फत सुल्झाउने बताए ।

उनले नेपालसँग भारतको सम्बन्ध गहिरो रहेको बताउँदै दुई देश बिचको सम्बन्ध सामान्य नरहेको दाबी गरे । ‘नेपालसँग भारतको सम्बन्ध भनेको रोटी–बेटीको सम्बन्धमा बाँधेका छौँ । यो सम्बन्ध दुनियाँभरको कोही शक्तिले अलग गर्न सक्दैन ।’, उनले ¥यालीमा भने ।

रक्षामन्त्री राजनाथले ८ मे महिनामा भिडियो कन्फरेन्स मार्फत लिपुलेक पुग्ने सडकको उद्घाटन गरेका थिए । त्यसयता दुई देश विच विवाद चर्किरहेको छ ।