आईपीएल आयोजना गर्ने तयारीमा


न्युज अफ नेपाल, काठमाडौं ।
कोरानाभाइरसको कारण इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजन पहिले नै अनिश्चिकालको लागि स्थगित गरेको छ । यसै बीच भारती क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले टी २० विश्वकप स्थगित भएकोले आईपीएलको आयोजना गर्न तयारी गरिरहेको छ ।

बीसीसीआईले २५ सेप्टेम्बरदेखि ३० अक्टोबरको बीचमा आईपीएल गर्न सक्ने भारतीय संचार माध्यमले जनाएको छ । यदि भएमा हरेक दिन दुई वटा खेल आयोजना हुनेछ ।

यस सिजनमा घर (होम) र घरभन्दा बाहिर (अवे) जस्ता ढाँचा हुने छैन । पुरै प्रतियोगिता ५ वटा खेल स्थल (भेन्यु) मा हुन सक्नेछ र प्रतियोगिताका खेलहरु पनि कम हुनेछन् ।

कोरोनाको कारण भारतमा प्रतियोगिता आयोजना हुन नसकेमा न्युजिल्यान्डमा पनि हुन सक्ने संभावना छ । केही दिन अघि मात्रै न्युजिल्यान्डलाई कोरोना मुक्त राष्ट्र घोषित गरिएको थियो । यस्तै श्रीलंका र यूएईमा पनि प्रतियोगिता आयोजना हुन सक्नेछ । यी देशहरुले बीसीसीआईलाई आईपीएल आयोजना गर्न प्रस्ताव राखेका छन् ।

यदि आईपीएल भएमा प्लेआफ खेल हुनेछैन । बीसीसीआईले जनाएअनुसार प्लेआफमा रहेका क्वालिफायर १, एलिमिनेटर र क्वालिफायर २ खेलहरु हुनेछैन । लिगमा शीर्ष ४ टोलीलाई सीधै सेमिफाइनलमा प्रतिस्पर्धा गराइनेछ । बीसीसीआईले विदेशी खेलाडीलाई पनि समावेश गर्न लागिरहेको छ ।