भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा ७ कोरोना संक्रमित थपिए


न्युज अफ नेपाल, चितवन ।

चितवनमा रहेको भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुरको कोभिड १९ परीक्षण प्रयोगशालामा आइतबार गरिएको परीक्षणमा विभिन्न जिल्लाका ७ जनामा कोरोना पुष्टि भएको हो ।

भरतपुर अस्पतालका अनुसार संक्रमितमध्ये एक जना चितवनको र अन्य ६ जना बाहिरी जिल्लाका रहेका छन् ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवनको भरतपुर महानगरपालिका १४ का ३६ वर्षीय पुरुष, नवलपुर वौदीकाली ४ का २० वर्षीय पुरूष, अर्घाखाँचीको भूमिकास्थानका २० वर्षीय र ३५ वर्षीय दुई पुरुष गरी ३ जना र नुवाकोटको तारकेश्वर ५ का ६ वर्षीय बालक र ३१ वर्षीय महिलामा कोरोना पुष्टि भएको हो ।

यस बाहेक आइतबार नै गरिएको परीक्षणमा अन्य ३ सय ७४ जनको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले जनाएको छ ।