सरकारको नियम प्रहरीले नै मानेन


न्युज अफ नेपाल, काठमाडौँ ।

सरकारले लकडाउन खुकुलो बनाएसँगै काठमाडौँ उपत्यकामा सवारी चाप बढेको छ । चार पाङग्रे सवारीलाई जोर बिजोर प्रणालीमा सन्चालन गर्ने, उद्योगहरु, अत्यावस्यकका पसलहरु खोल्ने गरी लकडाउन खुकुलो बनाएको हो ।
दुई पाङग्रे सवारीमा एउटामात्र सवार गर्ने, चार चक्केमा चालकसहित तीन जना मात्र यात्रा गर्ने भने पनि यो नियम लागु भएको देखिदैँन ।

आईतबार निजि सवारीमा मात्रै होईन प्रहरीले पनि यो नियम पालना गरेको देखिएन । सडकमा सर्बसाधरण देखि कर्मचारी, प्रहरीसम्म यो नियम उल्लंघन गरेका छन ।

यो भिडले लकडाउन खुकुलो नभइ खुलेकै हो कि भन्ने अनुमान गर्न सकिन्छ । यस्तो अवस्था बढ्दै जाने हो भने कोरोनाले महामारी नलेला भन्न सकिदैन । यसतर्फ पनि सरकारको ध्यान जाने की !