प्रवासी नेपालीद्वारा भारतविरुद्ध एकजुट भएर लड्न आग्रह

0
Shares

दीपेन्द्र गजुरेल, स्पेन ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नक्सालाई देशको निशान छापमा समावेश गरेर त्यसलाई संविधान संशोधनमार्फत नेपालले संवैधानिक रूपमा अंगीकार गरेको खुशियालीमा प्रवासका नेपालीहरूले नेपाल सरकार लगायत विभिन्न राजनीतिक दल सांसदहरूलाई धन्यवाद वयक्त गरेका छन् ।

शनिबार साँझ स्पेनमा अर्ध लकडाउनको समयमा पनि खुशियाली साटासाट गरेको सामाजिक अभियान्ता एकराज गिरीले बताए ।

देशमा बाहिरी हस्तक्षेपकारी कुनैपनि गतिविधि र परिस्थिति आएको अवस्थामा राष्ट्रका सबैले एक ठाउँमा उभिएर लड्नुको विकल्प नभएको गिरीले बताए ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति स्पेनका उपाध्यक्ष तथा स्पेनी मजदुर संघ ९युजिटी० स्पोट मुनिसिपाल अल्कोबेन्दास सेन्टरका अध्यक्ष उत्तर कुमार राईले राष्ट्रियताका मुद्दामा नेपाल सरकार, राजनीतिक दलहरूले खेलेको भुमिकाले प्रवासमा बस्ने हाम्रो छाति चौडा भएकोमा खुशी व्यक्त गर्दै उनले भने विश्वभर छरिएर रहेका नेपालीहरूले सामाजिक संञ्जालमार्फत पनि भारतलाई दबाब दिनुपर्छ । समाजसेवी राई थप्छन्- ,’ नेपालको भुभाग अर्थात् सिमाना संग खेलबाड गर्ने र जङ्गे पिलरहरू सार्नेहरूको पनि पहिचान गर्दै कानुनी दायरामा ल्याउनु पर्छ ।’

राष्ट्रका लागि सबैले सबै क्षेत्रबाट नेपाल सरकारलाई सहयोग गर्नुपर्ने बताउँदै राष्ट्रलाई प्रवासमा भएका नेपालीहरुको पनि खाँचो परे नेपाल फर्किन तयार रहेको उनको भनाई थियो ।

राष्ट्रिय मुद्दामा यो वा त्यो नभनी सबै एकजुट हुनुपर्ने एनआरएनए स्पेन सल्लाहकार जिवन प्रसाईंले बताए । कार्यक्रममा एनआरएनए म्याड्रिड पुर्व अध्यक्ष रोशन पाठक,सुजिल गोले,भुपेन्द्र मास्के,सारा इभेन्टस् संयोजक मेघनाथ ढकाल लगायत नेपालीहरूको उपस्थिति रहेको थियो।

लुम्बिनी रेष्टुरेन्टका संञ्चालक तथा एनआरएनए ग्रान क्यानरियाका पुर्व अध्यक्ष तथा सामाजिक अभियान्ता गगन कुँवरले दुई ठुला छिमेकी मुलुकबाट कूटनीतिक मित्रवत सम्बन्ध स्थापित गर्दै नेपालले आफ्नो भुमि फिर्ता ल्याउन चातुर्यता देखाउनुपर्ने बताएका छन् ।

‘नेपालले संविधान जारी गर्दा नै भारतले असहमति जनाएको स्मरण गर्दै नेपाली भुभाग भारतले भोगचलन गर्दै आएको उक्त भूभाग नक्सामा समावेश गरेर मात्र सरकारको दायित्व पूरा हुँदैन, ती भूभागमा नेपालको धरातलीय उपस्थितिका लागि परिणाममुखी वार्ता गर्न पनि जरूरी छ’ कुँवरले भने ।

नेपाल सरकारले चालेको यो राष्ट्रियताको बलियो तथा ऐतिहासिक कदमबाट भारत निकै विक्षिप्त भए पनि नेपालीहरूले युगौं युगसम्म यो सुवर्ण दिनलाई स्मरण गर्ने कुँवरको बुझाइ रहेको छ ।