बनेपा हेल्थ केयरले शुरु ग-यो ‘फेस सिल्ड र नि:शुल्क मास्क’वितरण

0
Shares

  • मोतीराम तिमल्सिना,काभ्रे

नीजि क्षेत्रबाट सञ्चालित नागरिकहरुका लागि प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको बनेपा हेल्थ केयरले कोरोना संक्रमणबाट बच्न विरामीहरुका लागि परिक्षण गर्ने अवधी तथा अस्पताल हाता भित्रबाट संक्रमण हुन नदिन फेस सिल्ड र मास्क निशुल्क उपलब्ध गराउन थालेको छ ।

‘संक्रमण फैलदै गए पछि अस्पताल आएका विरामी, डाक्टर र अस्पतालका कर्मचारीहरुलाई समेत संक्रमण फैलन नदिन अस्पतालले निशुल्क फेस सिल्ड र माक्स उपलब्ध गराउन लागेका हौं’–अस्पतालका प्रवन्ध निर्देशक जितेन्द्र थापाले भन्नुभयो–‘स्वास्थ्य जाँच तथा परामर्श लिन आउने सम्पूर्ण ब्यक्तिहरुलाई विशेष सावधानी अपनाउँदै कोरोना भाईरस देखी अन्य मुख तथा नाकको माध्यम हुँदै सर्ने रोगहरुबाट बचाउन खोजेका हौं ।’

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बनेपा हेल्थ केयरले नागरिकहरुको स्वास्थ्य प्रति उतरदायित्व र जिम्मेवारी बहन गरेको बताउनु भयो । स्वास्थ्य सेवा लिन आउने नागरिकहरुलाई संक्रमण हुन नदिन हेल्थ केयरले गरेको उक्त कार्यले थप जोखिम नहुने डा.झाले बताउनु भयो ।

विरामीका साथै चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीको स्वास्थ्य प्रति सचेत रहेर उक्त सेवा शुरु गरेको प्रवन्धक जितेन्द्र थापाले बताउनु भयो । हेल्थ केयरले सामाजिक उत्तरदायित्व वहन गर्दै बनेपा हेल्थ केयरले काभ्रे जिल्लामा रहेका विभिन्न संघ संस्थाहरु बुडोल सामुदायिक साकोस, सामुदायिक साकोस, आभाष साकोस, नेपाल पत्रकार महासंघ काभ्रे शाखा, एन.एम.वि. बैंक बनेपा शाखा, एक्सप्रेस साकोस, आई.एम.ई लाइफ इन्स्योरेन्स बनेपा शाखा, आइ.सि.एफ.सि फाईनान्स लिमिटेड बनेपा शाखा लगायतका संस्थाहरुसंग सहकार्य गरि संस्थाका कर्मचारी, शेयर सदस्यहरुलाइ छुटको व्यवस्था गरिरहेको छ ।

कोरोना संक्रमणकै बीचमा कार्यालयहरु खुले पछि मेशिनको माध्यमबाट हातमा आउने सेनिटाइजर सहितको डिस्पेन्सर ३० थान र संस्थाका सम्पुर्ण कर्मचारीहरुलाई ३ सय थान फेस सिल्ड र ३ सय थान के. एन् ९५ माक्स उपलब्ध गराउने निर्णय गरेको छ ।बनेपा हेल्थ केयरले शुलभ शुल्कमा उच्चस्तरीय तथा प्रभावकारी स्वास्थ्य सेवा दिदैैं आएको छ ।

बिषम परिस्थितीमा बनेपा हेल्थ केयरले जिम्मेवारीबोध गर्दै चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारीमार्फत सुरक्षित स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । लकडाउनका कारण समस्यामा परेका दीर्घरोगी, नियमित औषधी सेवन गर्नेहरुलाई हामीले घरदैलोमा नै औषधी सेवा समेत पु¥याएको प्रवन्ध निर्देशक थापाले बताउनु भयो ।पर्याप्त सुरक्षा उपाय र सावधानी नअपनाए भयावह स्थिती आउन सक्ने भएकाले थप सेवा शुरु गरिएको उहाँले बताउनु भयो ।