वार्ताको वातावरण बनाउने जिम्मेवारी नेपालकोः भारत

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर सरकारले बनाएको नेपालको नयाँ नक्सा संघीय प्रतिनिधिसभाले सर्वसम्मत ढंगले पारित गरेपछि भारतले वार्ताको वातावरण नेपालले बिगारेको आरोप लगाउँदै वार्ताको वातावरण बनाउने जिम्मेवारी नेपालको हो भनेको छ ।

भारतीय विदेश मामिला मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले आइतबार यो टिप्पणी गरेका हुन् । प्रवक्ताले भनेका छन्, ‘नेपाले ऐतिहासिक तत्थमा आधारित नभई आफ्नो देशको भूमि विस्तार गरेको छ, यो आधारहीन कार्य हो । यसले सीमा विवादको समाधानका लागि दुई मुलुकबीच बनेको समझदारीलाई पनि तोडेको छ ।’

यसअघि भारतीय प्रधान सेनापति मुकुन्द नरभानले कालापानी क्षेत्रमा भारतीय पक्षले चीनको मानसरोवर जाने सडक निर्माण गरी उद्घाटन गरेकोमा नेपालले आपत्ति जनाएपछि ‘चीनले उक्साएर नेपालले आपत्ति जनाएको’ आशय व्यक्त गरेर नेपाल पक्षलाई आक्रोशित बनाएका थिए ।

तर नरभानले नै शनिबार संघीय संसदमा मतदान हुनुअघि दुई देशको मित्रता प्रकाढ र विशेष रहेकाले नक्सासम्बन्धी विवादले सम्बन्ध नबिग्रने टिप्पणी गरेका थिए ।