सुदूरपश्चिममा कोरोना सङ्क्रमित हुने स्वास्थ्यकर्मीकाे संख्या ३ पुग्याे


न्युज अफ नेपाल, कैलाली ।

सुदूरपश्चिममा अर्का स्वास्थ्यकर्मीलाई पनि कोरोना सङ्क्रमण भएको छ । शनिबार कोरोना पुष्टि भएका कञ्चनपुरका २१ जना  मध्ये  १४ जना लालझाडी गाउँपालिकाका  थिए ती मध्ये एकजना ३२ वर्षीय स्वास्थ्यकर्मी रहेका हुन् ।

गाउँपालिकाका सङ्क्रमितहरुको जाँचमा संग्लन ती स्वास्थ्यकर्मीलाई पनि कोरोना पुष्टि भएकाे बताइएकाे छ ।  अहिले उनी होम क्वरेन्टीनमा बसेका छन् । उनले आफूमा कुनै पनि लक्ष्मण नदेखिएको र आफू होम क्वरेन्टीनमा बसेको बताए ।

यसअघि पुर्नवास नगरपालिकाका दुई जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको थियो । उनीहरु दुवै जना अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन् ।