जापानमा एक नेपाली महिलाको निधन



जापान ।

जापानको मिएकेन योक्काइचीमा सडक दुर्घटनामा परी एक नेपाली महिलाको निधन भएको छ । निधन हुने नेपाली चेली पोखरा १९ अर्मला निवासी २२ बर्षीय सुजिता बास्तोला रहेको जनसम्पर्क समिति नागोयाका अध्य्क्ष  कुशल धितालले जानकारी दिनु भयो ।

मृतक बास्तोला श्रीमानसंगै डिपेन्डेन्ट भिसामा ६ महिना अघि मात्रै जापान आएकी थिइन । मृतकका श्रीमान मिएकेन स्थित सुजुका दाईगक्कोमा अध्ययनरत छन्।

आइतबार बिहान करिब ७ बजे कामबाट फर्किने क्रममा उनले चलाएको स्कुटरलाई मिनि ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी बास्तोलाको अस्पताल पुर्याउने क्रममा निधन भएको थियो । स्मारण रहोस एक बर्ष अघि ममता तामाङको पनि सोहि स्थानमा सडक दुर्घटनामा परि मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्