हिमानीकाे भाइरल टिकटकमा पारसकाे यस्ताे प्रतिकिया



न्युज अफ नेपाल,काठमाडाैँ ।

छोरीहरुका साथ समय विताउन थाइल्याण्ड गएकी हिमानी लकडाउनका कारण उतै छन् भने पूर्व युवराज पारस भने पोखरामा रमाइलो गरिरहेका छन् ।

छोरीहरुलाई भेट्न थाइल्यान्ड पुगेकी र लकडाउनका कारण अहिले उतै अड्किएकी हिमानी छोरीका साथमा रमाइलो गरिरहेकी छन् । यतिबेला हिमानी शाह टिकटक भिडियोबाटै सामाजिक सञ्जालमा भाइरल बनिरहेकी छन् ।

छोरीहरुसंग थाइल्याण्डमा रहेकी पूर्वयुवराज्ञी हिमानी शाहको टिकटक भिडियोलाई उनका श्रीमान पारस शाहले शेयर गरेका छन् ।

पारसले आफ्नो सामाजिक सञ्जालमा छोरीसँग टिकटकमा रमाउँदै बनाएको भिडियोलाई फेमिली भनेर शेयर गरेका हुन् ।

छोरी र श्रीमतीले थाइल्याण्डमा गरेको रमाइलोको टिकटक भिडियो पूर्व युवराज पारस शाहले फेमिलि लेखेर  शेयर गरेको भिडियोमा थुप्रै कमेन्ट आएका थिए ।

गएकाे सोमवार र मंगलवारमात्र पूर्व युवराज्ञी हिमानी शाहको छोरीहरुसंग रमाइलो गरेको टिकटक भिडियो सार्वजनिक भएको थिए जुन केही समयमै भाइरल भएको  थियाे । सोमवार सार्वजनिक भएको भिडियो पारसले शेयर गरेका थिए ।

उनीहरुले टिकटकमा बनाएको भिडियोमा देशभक्ति गीत सुन्न सकिन्छ । उक्त भिडियोमा ‘यो मन त मेरो नेपाली हो’ बोलको गीतमा उनी आफ्नी छोरीसंगै नाच्दै गरेको देख्न सकिन्छ । त्यसै गरी ‘गुराँसको फेदमुनि सम्झनाको छाँया, जहाँ गए किन लाग्छ मलाई तिम्रै माया’ बोलको गीतमा पनि हिमानीले छोरीसँग टिकटक बनाएको छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्