गुल्मीका कोरोना संक्रमित पुरुषको मृत्यु, काेराेनाबाट मर्नेको संख्या १९ पुग्याे


न्युज अफ नेपाल, गुल्मी ।

नेपालमा काेराेनाबाट मर्नेको संख्या १९ पुगेको छ। गुल्मीमा थप एक कोरोना संक्रमितको मृत्यु भए संगै १९ पुगेको हाे।

शनिवार साँझ आइसोलेसनमा रहेका धुर्कोट गाउँपालिका वडा नम्वर ४ का ३६ वर्षीय पुरुषको काेराेनाका कारण मृत्यु भएको हो। उनको राति उपचारको क्रममा रेसुङ्गा नगरापलिका वडा नम्वर ९ स्थित आइसोलेसनमा मृत्यु भएको हो।

उनी भारतबाट आएपछि क्वारेन्टाइनमा राखेर कोरोना परीक्षण गरिएको थियो। बिरामी समेत रहेका उनलाई कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा राखिएको थियो। संक्रमित शवको नेपाली सेनाको टोलीले राति नै व्यवस्थापन गरिसकेको छ।

‘हामीले व्यवस्थित र सुरक्षित तरिकाले शव व्यवस्थापन गरिसकेकाे जिल्ला प्रशासन कार्यालय गुल्लमीका प्रमुख भरतकुमार शर्माले बताउनुभयाे ।

गुल्मीमा योसँगै कोरोनाबाट मृत्यु हुनेको सङख्या दुई पुगेको छ।