‘भारतले मिचेको भूमि वार्ताबाट फिर्ता ल्याउँछौं’


काठमाडौं, (नेस)
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ नक्सासहित समावेश गरिएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भएसँगै अब छिमेकी मुलुक भारतसँग मिचिएको भूमि फिर्ताका लागि वार्ता हुने बताउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा पत्रकारको जिज्ञाशामा प्रधानमन्त्री ओलीले संविधान संशोधनमा सर्वसम्मत मत देखिनु राष्ट्रियता र जनताको पक्षमा राम्रो विषय भएको बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘संविधान संशोधन एक ढंगले सर्वसम्मतरूपमा पारित भएको छ, केही सांसद अनुपस्थित हुनुभएको मात्रै हो, यसको विपक्षमा कोही छैन, अब भारतसँग वार्ता गरेर नेपालको भूमि फिर्ता ल्याउँछौं ।’