संविधान संशोधन विधेयकमा मतदान गर्न १२ सांसद अनुपस्थित (नामावलीसहित)

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपालको वास्तविक भूमि समावेश गरेर सरकारले सदनमा प्रस्तुत गरेको संविधान संशोधन विधेयकमाथि मतदान गर्न १२ जना सांसद अनुपस्थित भएका छन् । शुक्रवार नै संसद सचिवालयले संविधान विधेयकलाई कार्यसूचिमा राखेको भएपनि १२ जना सांसद भने सहभागी भएनन् ।

ससद सचिवालयका अनुसार अनुपस्थित सांसदहरुमा अमृतादेवी अग्रहरी, गोपालबहादुर बम, दुलारीदेवी खत्वेनी, धनबहादुर बुढा, नागेन्द्रकुमार चौधरी, प्रमोद शाह, शिवकुमार मण्डल, सरिता गिरी, सूर्यनारायण यादव, सूर्यबहादुर केसी, हरिबोल गजुरेल, ज्ञानकुमारी छन्त्याल रहेका छन् । पाँच जना सांसदहरुले भने संसदमा मतदान गर्न पाउदैनन ।

जसमध्ये विजयकुमार गच्छदार, मोहमत आफताब आलम, हरिनारायण रौनियार र रेशम चौधरी भने लिम्बनमा परेको कारण संसद बैठकमा भाग लिन पाउदैनन् । प्रतिनिधिसभामा कुल सांसदको संख्या २ सय ७५ रहेको छ । शनिवारको बैठकमका कुल उपस्थित सांसदको संख्या २५८ जना रहेको छ।