संबिधान संशोधन बिधेयक सर्वसम्मतीबाट अनुमोदन

0
Shares

  • न्युज अफ नेपाल,काठमाडौं

भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी,लिपुलेक र लिम्पियाधुरा सहित समेटेर नेपालको नक्सा र निशाना छापमा समेत राख्ने गरि प्रस्तुत संबिधान संशोधन प्रस्ताव दुई तिहाई भन्दा बढी बहुमतले अनुमोदन भएको छ । आजको संघीय संसद बैठकमा उपस्थित कूल २५८ सांसदहरुले संविधान संशोधनको पक्षमा मतदान गरेका छन् ।

संसदमा प्रतिनिधित्व गर्ने सबै पार्टीका सांसदहरुले सर्वसम्मत संबिधान संशोधनको पक्षमा मतदान गरेको थिए । आज नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सबै सांसदहरुलाई संबिधान संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थिए ।

यस्तै जनता समाजवादी पार्टीले पनि संबिधान संशोधन बिधेयकको पक्षमा मतदान गर्न सबै सांसदलाई निर्देशन दिएको थियो भने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सबै सांसदले स्वत: सरकारले प्रस्तुत गरेको संबिधान संशोधनको पक्षमा मतदान गरेका छन् ।

यसरी बिगत लामो समयदेखि भारतीय कब्जामा परेको नेपालको भूमि अब नेपालको संबिधानको अधिनमा आएको छ । यसपछिको कदमका रुपमा सरकारले वार्ता र सहमतिका आधारमा भूमि फिर्तामा सबै दलहरुले जोड दिएका छन् ।