समाचार प्रभाव : हेटौंडाकी द्वन्द पीडित सुभद्राको घर छाइयो

0
Shares

  • कृष्णउदास खनाल,हेटौंडा

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ की सुभद्रा दर्नालको घर छाइएको छ यद्यपी निर्माणको सबै कार्य भने अब केही अंश मात्रै बाँकी रहेको छ । नेपालमा भएका ठूलो परिवर्तनका आन्दोलन २०४६ र माओवादीले संचालन गरेको सशस्त्र संघर्षका क्रममा गरी चार भाइ छोरा गुमाउनु भएकी ७० बर्षीयाा सुभद्रा दर्नालको घर निर्माणको अन्तिम तयारीमा पुगेको हो ।

बस्ने बास र खाने गासको समेत समस्यामा रहेकी सुभद्राको पीडा नेपाल समाचारपत्रमा प्रकाशित भएपछि हेटौंडा उपहानगरपालिकाका मेयर हरिबहादुर महतले चासो दिनुभएको थियो ।

२०७६ साल भदौमा उहाँले झेल्न परेको पीडा नेपाल समाचारपत्रमा प्रकाशित भएपछि मेयर महतले तत्कालनै सुभद्र्रा दर्नालको घरमा पुगी २०७६ सालको दशैं मनाउने बातावरण बनाइदिनु भएको थियो र उहाँले आफूले आमा सुभद्राको घर बनाइदिने प्रतिबद्धता जनाउनुभएको थियो ।

प्रतिबद्धता जनाए अनुसार सुभद्रा दर्नालको घर गएको मंसिर अन्तिम साताबाट घर निर्माणको कार्य शुरु भएको थियो । हेटौंडा उपमहानगरपालिकाको मेयर हरिबहादुर महतको पहलमा तीन कोठे घर निर्माण अन्तिम तयारीमा पुगेको हो । लकडाउनका कारण निर्माण कार्य केही महिना अवरुद्ध भएपनि अब चाँडै नै घर निर्माणको काम सकेर आमालाइ हस्तन्तरण गर्ने तयारीमा आफू रहेको मेयर महतले बताउनुभयो ।

आफ्ना लागि नयाँ घर जीवनको उताद्र्धमा अन्तिम चाहना रहेको र अब पूरा हुन लाग्दा आफूले सन्तान गुमाएपनि साहारा पाएको महसुस भएको सुभर्दा दर्नालले बताउनुभयो । सुभर्दा दर्नालका जेठो,माइलो छोरा २०४६ सालको जनआन्दोलनमा सहभागी हुँदा मारिनु भएको हो भने काँहिला र कान्छा माओवादी जनयुद्धमा सहभागी हुँदा ज्यान गुमाउन पुग्नु भएको हो ।

साँहिला छोराको पनि पाँच बर्ष अगाडि रोग लागेर निधन भएपछि र करिब चार बर्ष अगाडि पति नेत्र बहादुर दर्नालको पनि मृत्यु भएपछि सुभर्दा दर्नाल साहारा बिहिन बन्नु भएको हो ।