संसदबाट संविधान संशोधन गरिदै

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पारित गर्ने गरी आजको प्रतिनिधि सभा बैठक सुरू भएको छ ।सरकारले गत जेठ ७ गते जारी गरेको नेपालको नयाँ राजनीतिक नक्सामा लिम्पियाधुरा, कालापानी लिपुलेक समेटिएको छ ।

प्रतिनिधि सभामा सांसदहरूको दफाबार छलफल पछि विधेयक निर्णयार्थ प्रस्तुत हुनेछ । यसमा सांसदहरूले संशोधनको पक्ष र विपक्षमा हस्ताक्षर गर्नुपर्नेछ । विधेयक पारित पछि राष्ट्रपतिले लागू भएको घोषणा गरेसँगै नेपालको निशान छाप परिवर्तन हुनेछ।