नहरमा चिप्लेर वृद्ध बेपत्ता



न्युज अफ नेपाल, नवलपरासी ।

पश्चिम नवलपरासीको प्रतापपुर स्थित पश्चिम गण्डक नहरबाट चिप्लेर एक वृद्ध बेपत्ता भएकाछन् ।

प्रतापपुर ५ श्रीपुर निवासी ७५ वर्षीय रामशेवक हरिजन विहानको समयमा नहरको डिलबाट पानी पुग्ने क्रममा चिप्लेर बेपत्ता भएको बताइएको छ ।

घटना स्थल नजिकै हरिजनले लिने गरेको लौरो र चिप्लेको डोवका आधारमा विहानै देखि नहर छेउछाउ खोजी कार्यलाई तिब्रता दिइएको ईप्रका बेलाटारीले जनाएको छ ।

प्रहरी र स्थानीय बासिन्दाले नहर क्षेत्रमा बेपत्ताको खोजी कार्यलाई जारी राख्दै नहरमा पानी घटाउन गण्डक नहर प्रशासनसंग समन्वय गरी रहेको बुझिएको छ ।

स्थानीयका अनुसार बृद्ध नहरमा बेपत्ता भए पछि नजिकै को खेतबारीमा बाख्रा चराउदै गरेका बालबालिकाले देखेर गाउंलेलाई खवर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्