अध्यक्षको निधनपछि गाउँपालिकामा शोक बिदा



न्युज अफ नेपाल, हेटौंडा।

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–३ का अध्यक्ष मानबहादुर स्याङ्तानको निधनपछि गाउँपालिकामा शुक्रबार शोक बिदा दिइएको छ ।

उहाँले जनप्रतिनिधिको रुपमा तेस्रो कार्यकाल सम्हाल्दै आउनुभएको थियो । ५५ वर्षीय स्याङ्तान करिब एक महिनादेखि बिरामी हुनुहुन्थ्यो । उहाँ नेकपा मनहरी गाउँपालिका सचिवालय सदस्य तथा तत्कालीन हाँडीखोला गाविसका निर्वाचित उपाध्यक्ष हुनुहुन्थ्यो ।

गाउँ कार्यपालिकाको आकस्मिक बैठकले शोक बिदास्वरुप कार्यालयका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । कलेजोको क्यान्सरका कारण स्याङ्तानको बिहीबार साँझ चितवनस्थित मेडिकल कलेजमा निधन भएको थियो ।

कार्यपालिका बैठकलगत्तै कर्मचारी, जनप्रतिनिधिहरुले स्याङ्तानको निधनमा दुःख व्ष्क्त गर्दै मौनधारण गर्नुभएको थियो । जनताबाट अनुमोदित नेताको निधन हुँदा जनताको सपनामाथि बज्रपात भएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्