कोरोना नियन्त्रणमा खर्च भएको ८ अर्ब ३९ करोडको विवरण सार्वजनिक

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना रोकथाममा ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको बताउँदै सरकारले खर्चको विवरण सार्वजनिक गरेको छ ।

संसदमा कोरोना रोकथाम र नियन्त्रणको लागि १० अर्ब खर्च भएको बताएपछि सांसद लगाएत जनताले खर्चको विवरण माग गरेका थिए ।

विवरणमा संघीय सरकारले ४ अर्ब १० करोड ५५ लाख रुपैयाँ खर्च गरेको बताइएको छ । जसमा स्वास्थ्य सामग्री खरिदमा ३ अर्ब ९० करोड ८८ लाख रुपैयाँ, स्वास्थ्य पूर्वाधारमा १ अर्ब १२ करोड ५० लाख, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार, क्वरेन्टिनमा १३ करोड ५५ लाख १८ हजार र अन्यमा ४० करोड १५ लाख रुपैयाँ खर्च भएको छ ।

सात वटै प्रदेश सरकारले १ अर्ब ३० करोड ४ लाख रुपैयाँ खर्च भएको र ७ सय ५३ वटा पालिकाहरुले २ अर्ब ९८ करोड ५१ लाख १४ हजार रुपैयाँ खर्च गरेका छन् ।

विवरण: