सुनवलमा पहिलो ६ जनामा कोरोना संक्रमण



घनश्याम बगाले, नलपरासी ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा पहिलो पटक ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आईसोलेशन वार्डको ब्यवस्था सहित कोरोना रोकथाम तथा नियन्त्रणमा सक्रिय यस पालिकाको विभिन्न वडाका ६ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमितहरुलाई क्वारेन्टाईनबाट नगरपालिकाको आईसोलेशनमा सारिएको र उनीहरुको अवस्था सामान्य रहेको नगर प्रमुख भिम बहादुर थापाले बताउनु भयो ।

नगरको वडा १३ का २२ र २८ वर्षका २ जना, १२ नम्वर का ३९ वर्षका १ जना, ११ नम्वरका २९ वर्षीय १ जना, ९ नम्वरका २२ वर्षीय १ जना र ४ नम्वर वडाका ४५ वर्षका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

नगरपालिका आफैले भिटिएम खरिद गरेर संकलन गरेको १ सय ४३ स्वाव मध्ये ६ जनामा कोभिड १९ संक्रमण देखिएको हो ।

परीक्षणका लागि पठाईएका केही स्वावको नतिजा आउन बाँकी रहेको बुझिएको छ, संक्रमित सवै पुरुषहरु भारतबाट आई पालिकाकै क्वारेन्टाईनमा बसेका थिए ।

संकलित स्वाव परीक्षणका लागि धुलिखेल अस्पताल काभ्रे पठाइएकोमा बिहिबार दिउँसो नमूना स्वावको नतिजा प्राप्त भएको नगर प्रमुख थापाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्