नवलपरासीमा ४ जना काेराेना संक्रमित थपिए

0
Shares

न्युज अफ नेपाल, नवलपरासी ।

गण्डकी प्रदेशमा ४ जना कोरोना संक्रमित थपिएका छन । नवलपरासीको सूस्ता पूर्वको हुप्सेकोट गाउँपालिका ठेगाना भइ सोही गाउँपालिकाको क्वारेन्टाईनमा बस्दै आएका ४ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

उनीहरुलाई सामुदायिक चिकित्सालयको आइसोलेसनमा राखिएको प्रहरीले जानकारी दिएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ९२ पुगेको छ । उनीहरु भारतबाट आएका थिए ।

नेपालभर संक्रमितको संख्या ४६ सय ५१ पुगेको छ।