अस्पतालले जीवितलाई मृत्यु भनेपछि मच्चीयो हंगामा

0
Shares

न्युज अफ नेपाल, चितवन ।

चितवन मेडिकल कलेजमा उपचाररत एक बिरामीका आफन्तले आफ्नो बिरामीको मृत्यु भएको भन्दै बिहीबार तोडफोड गरेका छन् । उनीहरुले अस्पतालको सघन उचारकक्ष बाहिर तोडफोड गरेका हुन् ।

ढुङ्गा प्रहार गर्दा सघन उपचारकक्षको बाहिरको सिसा फुटेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार भरतपुर महानगरपालिका–२२ पदमपोखरीका १७ वर्षीय युवक आशिष सुनारको एपेन्डीसाइडको शल्यक्रियापछि उपचार भइरहेको छ । ती युवकको जटिल प्रकृतिको एपेण्डिक्स भएको हो ।

हाल उनको सघन उपचारकक्षमा उपचार भइरहेको भन्दै बुझ्दै नबुझी मृत्यु भएको भनेर तोडफोडमा उत्रिएको कलेजका अध्यक्ष प्राडा हरिशचन्द्र न्यौपानेले बताए ।

तोडफोड गर्ने तीन जनालाई पक्राउ गरी साँझ छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।