नगर प्रमुखको स्वासप्रस्वासमा समस्या, उपचारकालागि काठमाडाैं लगियो



विमल विष्ट, डोटी ।

डोटीको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीको स्वासप्रस्वासमा एका एक गम्भिर समस्या आएको छ । स्वासप्रस्वासमा समस्या आएपछि उहाँलाई आज शुक्रबार बिहान नेपाली सेनाको (स्काइ ट्रक) जहाँजबाट थप उपचारका लागि काठमाण्डौँ लगिएको छ ।

भारतबाट रोजगारी गरी आएका नागरिकको व्यवस्थापनका लागि क्वारेन्टिन व्यवस्थापनको दौडधुपमा खटिदै आउनु भएकी नगर प्रमुख मलासीमा एक हप्ता अघिदेखि स्वास प्रश्वासमा स्वास्थ्यमा समस्या आएको उहाँका घर परिवारले जनाएका छन् ।

अर्धचेत अवस्थामै उहाँलाई उपचारका लागि काठमाण्डौँ लगिएको बताइएको छ । स्वास्थ्यमा समस्या आएपछी कैलालीको धनगढी पुगेर उपचार गरी डाक्टरको सल्लाह अनुसार घरमा आराम गरिरहनु भएकी नगर प्रमुख मलासीलाई बिहिबार राती एका एक फेरी स्वाँस प्रस्वासमा निकै समस्या आएपछी आज नेपाली सेनाको जहाज मार्फत काठमाण्डौँ लगिएको उहाँका स्वकीय सचीव रविन्द्र जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “क्वारेन्टिन व्यवस्थापन गर्ने क्रममा मेयर सावलाई समस्या देखिएको थियो, धनगढी गएर उपचार गर्दा डाक्टरले रेष्ट गर्न सल्लाह दिएका थिए, गएराती एका एक स्वास्थ्यमा समस्या आएपछि उहाँलाई आज काठमाण्डौँ लगिएको हो ।”

स्वास प्रस्वासमा समस्या आएपछि केही दिन पहिले उहाँलाई कैलालीमा रहेको निर्सग अस्पतालमा उपचार गरेर जिल्ला ल्याएको थियो । प्रमुख मलासी लामो समय देखी प्रेसरको औषधी सेवन गर्दै आउनु भएको उहाँका श्रीमान कृष्ण मलासीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्