न्युज अफ नेपाल, सर्लाही ।
नेपाल-भारत सीमाक्षेत्रमा तनाव भई गोली चल्दा एक जनाको ज्यान गएको छ । सर्लाहीको नारायणपुरमा गोली चलेको हो ।
भारतीय नागरिकहरू नेपाल प्रवेश गर्न खोज्दा झडप भएको र झडपका क्रममा सशस्त्र प्रहरीको हतियार खोस्न खोजे पछि सशस्त्र प्रहरीले गोली चलाएको थियो ।
पर्सा गाउँपालिका– ३, नारायणपुरमा भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो । त्यसक्रममा भएको झडपका क्रममा भारतीय नागरिकले सशस्त्र प्रहरीको एसएलआर बन्दुक पनि खोसेका थिए ।
आक्रमणकारी तीनजना घाइते भएका छन्। हतियार खोस्न आउने केही व्यक्तिलाई प्रहरीले पक्राउसमेत गरेको छ।











प्रतिक्रिया